दफा १६
अस्पताल वा स्वास्थ्य चौकीको व्यवस्था गर्ने
(१) पाँच सय जनाभन्दा बढी बन्दी रहने प्रत्येक कारागारमा तोकिए बमोजिमको शैया रहेको एउटा अस्पताल र सोभन्दा कम बन्दी रहने कारागारमा एउटा स्वास्थ्य चौकीको व्यवस्था गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम अस्पताल वा स्वास्थ्य चौकीको व्यवस्था नभएसम्मका लागि कारागार प्रशासकले कारागार कार्यालय रहेको स्थानको नजिकको सरकारी अस्पताल वा स्वास्थ्य चौकीसँग समन्वय गरी कारागारमा रहेका बन्दीको स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था मिलाउनु पर्नेछ।